काठमाडौं, मंसिर ४ । जारी मतदानकै बीच सुदूरपश्चिमका विभिन्न जिल्लामा मतदान केन्द्र नजिकै शंकास्पद बस्तु भेटिन थालेका छन् । देशभर मतदान भइरहेका बेला निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ। आज विहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ। […]