डिसहोम रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैँमा

डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

सम्बन्धित सामग्री

डिसहोम फाइबरनेटको मेगा–फाई इन्टरनेट सेवा

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ६०० एमबीपीएस गतिको मेगा–फाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमै  पहिलो पटक आधुनिक वाईफाई प्रविधिको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पीड इन्टरनेट उपभोग गर्न सक्नेछन् । वाईफाई ६ राउटर हाल बजारमा पाइने राउटरभन्दा चार गुणा छिटो गतिमा चल्ने कम्पनीको दाबी छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स, गिगाबाइट एसेसज्, ड्युल–ब्यान्ड स्मार्ट स्टियरिङ, सिमलेस रोमिङ, मल्टिलेभल प्रोटेक्सनलगायत विशेषता वाई–फाई ६ राउटरमा रहेको कम्पनीले बताएको छ ।

डिसहोम बन्यो ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड वाइ स्पोन्सर

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको छ । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो । ग्राण्ड फिनालेमा ‘आईसीटी अवार्ड २०२१’ का विजेताहरूले आईसीटी अवार्ड सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ । आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्

डिसहोम फाइबरनेटको डायनामिक कम्बो प्याक

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले डायनामिक कम्बो प्याक अफरअन्तर्गत ४० एमबीपीएस इन्टरनेट सेवा वार्षिक १२,९९९ रुपैयाँमा ल्याएको छ । अफरअन्तर्गत डिसहोम फाइबरनेटसँगै डिसहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकले पाउनेछन् । यो सुविधा २५ एमबीपीएस वार्षिक ११,५०० रुपैयाँमा पनि लिन सकिने कम्पनीले जनाएको छ । उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित आकर्षक छुट, निःशुल्क डिसहोम गो एप एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन् । फाइबरनेटका योजना १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले बताएको छ ।

डिसहोममा निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा

काठमाडौं । डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसअघि बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेटको निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले १ महिनाका लागि ६ सय रुपैयाँमा डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाइनेछ । त्यस्तै, वार्षिक ग्राहकले मासिक साढे ५ सय रुपैयाँमा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन् । डिसहोमका ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने कम्पनीले बताएको छ । हाल देशका मुख्य सहरमा डिसहोमको फाइबर नेट सेवा पुगेको छ ।

डिसहोम रिचार्ज गर्ने ग्राहकलाई निःशुल्क इन्टरनेट

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो।

डिसहोम रिचार्ज गर्ने ग्राहकलाई निःशुल्क इन्टरनेट

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो।

डिसहोमको दसैं योजना सार्वजनिक

डिस मिडिया नेटवर्कले चाडपर्वलाई लक्षित गरी ‘दिमाग हल्लिने अफर’ ल्याएको छ । अफर अन्तर्गत अब ग्राहकलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबै भन्दा कम मूल्यमा डिसहोम फाइबरनेटले प्रदान गर्ने भएको छ ।ग्राहकले मासिक मात्र ८९९ मा १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जनाएको छ । १०० एमबीपीएस इन्टरनेट […]

डिसहोमको 'दिमाग हल्लिने अफर' : ८९९ रुपैयाँमा १०० एमबीपीएस फाइबरनेट

ग्राहकहरूलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा उपलब्ध गराउन डिसहोम फाइबरनेटले उक्त योजना ल्याइएको जनाएको छ ।