नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो।