डिसहोम फाइबरनेटको डायनामिक कम्बो प्याक

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले डायनामिक कम्बो प्याक अफरअन्तर्गत ४० एमबीपीएस इन्टरनेट सेवा वार्षिक १२,९९९ रुपैयाँमा ल्याएको छ । अफरअन्तर्गत डिसहोम फाइबरनेटसँगै डिसहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकले पाउनेछन् । यो सुविधा २५ एमबीपीएस वार्षिक ११,५०० रुपैयाँमा पनि लिन सकिने कम्पनीले जनाएको छ । उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित आकर्षक छुट, निःशुल्क डिसहोम गो एप एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन् । फाइबरनेटका योजना १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले बताएको छ ।