काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ६०० एमबीपीएस गतिको मेगा–फाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमै पहिलो पटक आधुनिक वाईफाई प्रविधिको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पीड इन्टरनेट उपभोग गर्न सक्नेछन् । वाईफाई ६ राउटर हाल बजारमा पाइने राउटरभन्दा चार गुणा छिटो गतिमा चल्ने कम्पनीको दाबी छ । यसमा आर्टिफिसियल इन्टेलिजेन्स, गिगाबाइट एसेसज्, ड्युल–ब्यान्ड स्मार्ट स्टियरिङ, सिमलेस रोमिङ, मल्टिलेभल प्रोटेक्सनलगायत विशेषता वाई–फाई ६ राउटरमा रहेको कम्पनीले बताएको छ ।