नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समाजमा सारङ्गीको उपयोगिताको बारेमा जानकारी गराउन प्रयासरत नाम हो, धर्म गन्धर्व । सारङ्गीले कहिले दुःखीका गीत बोल्छ, कहिले राष्ट्र प्रेमको गीत बोल्छ । सारङ्गी बजाएर गन्धर्व जातिले समाजमा चेतना जगाउन एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउदै बेदनाका गीत गाउँछन् । एक छाक खान नपुगेर ज्यानको बाजी लगाएर विदेश पुग्नेका पीडा, भर्खर एक भएका जोडी छुट्टिएर एउटा परदेश र अर्को घर बस्नुपर्ने बाध्यात्मक अवस्थालाई सारङ्गीको धुनले भावुक बनाउँछ ।