काठमाडौ : यतिबेला विश्व कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरबाट आक्रान्त छ। विश्वका कतिपय धनी मुलुकहरुले कोरोनाविरुद्धको खोप लगाएर ढुक्क भइसकेका छन् ,भने कतिपयले धमाधम लगाइरहेका छन्। तर, नेपालमा भने,कोरोनाविरुद्धको खोपमा कालोबजारी चलिरहेको छ। संघीय राजधानी काठमाडौंमा नाम चलेका सरकारी तथा गैरसरकारी अस्पतालमा काम गर्ने डाक्टरहरूले नै कालोबजारी धन्दा सुरु गरेका छन्। सरकार छिमेकी मुलुकसँग खोप सहयोग माग्दै बसेको छ। डाक्टरहरू अवैध रूपमा खोपको व्यापार गरी रहेका छन्।&nb