काठमाडौं (अस) । नेपाल एसबिआई मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले कम्पनीको आव ०७७/७८ को प्रतिवेदन, आर्थिक विवरण आव ०७७/७८ को नाफा–नोक्सान, लेखापरीक्षक नियुक्तिलगायत विवरण पारित गरेको छ ।