पुस २०, काठमाडौं । नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलवार सम्पन्न सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभालदे आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गतेदेखि २० गतेसम्म बन्द गरेको थियो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८२ करोड पुगेको छ ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले कम्पनीको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।