डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ मा अवैध रूपमा सिसौका रूख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय डडेल्धुराले छोडेको छ।भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई वन कार्यालयले छोडेको हो।प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई चारजनाको जमानीमा छाडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले जानकारी दिए।‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएका थियौँ। अदालतबाट म्याद