पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टिको रिठेपानी डाँडा कटान गर्न अझै केही दिन लाग्ने भएको छ । उडान भर्न डाँडा कटान गर्नुपर्ने भएपनि लामो समयदेखि काम हुन सकेको छैन । विमानस्थल सञ्चालन गर्न डाँडा कटान, ल्यान्डफिल साइट, आर्मी ब्यारेक लगायतका काम गर्न बाँकी छ ।विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीकाअनुसार डाँडा कटान गर्न अझै १५ दिनमा लाग्ने बताए । उक्त डाँडा ४० मिटर होचो बनाउने योजना छ । तर १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने मुनकर्मी बताउँछन् ।उक्त डाँडा कटानका लागि