अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजबाट पोलियो खोप दिइँदै
सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपाली नागरिकलाई पोलियो खोप दिने भएको छ । हालसम्म अफगानिस्तानबाट उद्धार गरिल्याएको ५०४ जना नेपाली नागरिकलाई पोलियो खोप दिन लागिएको हो ।
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]