एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री भएको बेला तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आइतबार राति १२ बजेपछि सकिएपछि बजेट शून्यतामा कोशी पुगेको हो ।
४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी गरेका छन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले […]
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । केन्द्रको वर्तमान सत्ता गठबन्धन निरन्तर रहने बताएका उनले गठबन्धन सरकार पूर्ण कार्यकालसम्म...
इलाम । कोशी प्रदेश सरकार बजेट विहिन अवस्था पुगेपछि त्यसको असर प्रदेशका विभिन्न कार्यालयहरुमा पनि पर्न थालेको छ ।प्रदेश मातहतका कार्यालयहरुबाट हुने राजश्व संकलनदेखि अन्य प्रशासनिक काममा असर परेको हो । डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा वपन अन्योल देखिएको छ । इलामस्थित यातायात कार्यालयमा न्यून मात्र सेवाग्राहि पुगेको कार्यालय प्रमुख छबिलाल खतिवडाले बताउनु […]
काठमाण्डाै - बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असर नेपालमा खासै नपर्ने मौसमविद्ले बताएका छन् ।
बङ्गालको खाडीमा बनेको ‘मोखा’ नामक चक्रवातको बहाव आजदेखि म्यानमार र बङ्लादेशतर्फ सरेकाले नेपालमा खासै असर नपर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रणाली उत्तरपश्चिम हुँदै आइरहेको भए नेपालमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहन्थ्यो । तर आजदेखि उत्तर पूर्वी क्षेत्र हुँदै बहिरहेकाले नेपालमा खासै असर पर्ने देखिएको छैन । यो प्रणालीका कारण मधेस र कोशी प्रदेशका केही ठाउँमा भने आंशिक...
काठमाडौं । संघीय सरकारको गठबन्धन फुट्ने र जुट्ने क्रियाकलापको प्रत्यक्ष असर प्रदेश सरकारलाई पर्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन भएको गठबन्धन सहित ४ वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनका लागि फुटेसँगै अहिले एक प्रदेशमा खुम्चिएको छ । संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर कोशी प्रदेशवाहेक ६ वटा […]
मोरङ – लागुऔषध तस्करी र प्रयोगको अवस्था कोशी प्रदेशमा दिनानुदिन बढ्दै गएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला लागुऔषधको दुर्व्यसनका कारण विभिन्न अपराध बढ्दै गएको बताउँछन्। उनका अनुसार लागुऔषधकै कारण समाज र परिवारमा प्रत्यक्षरुपमा नकारात्मक असर परिरहेको छ। अधिकांशलाई लागूपदार्थ दुर्व्यवसनी गलत भएको जानकारी हुदाँहुँदै पनि फँस्ने क्रम बढ्दै गएको उनको […]