काठमाण्डाै - बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असर नेपालमा खासै नपर्ने मौसमविद्ले बताएका छन् ।
बङ्गालको खाडीमा बनेको ‘मोखा’ नामक चक्रवातको बहाव आजदेखि म्यानमार र बङ्लादेशतर्फ सरेकाले नेपालमा खासै असर नपर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रणाली उत्तरपश्चिम हुँदै आइरहेको भए नेपालमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहन्थ्यो । तर आजदेखि उत्तर पूर्वी क्षेत्र हुँदै बहिरहेकाले नेपालमा खासै असर पर्ने देखिएको छैन । यो प्रणालीका कारण मधेस र कोशी प्रदेशका केही ठाउँमा भने आंशिक...