कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, मुख्यमन्त्री थापाको नियुक्ति तत्कालका लागि जोगियो

काठमाण्डाै – सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । आज बुधवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले काेशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा काेशीकाे मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखको हस्ताक्षरलाई मान्यता दिएको विरोधमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार ...