बीपी प्रतिष्ठानमा विशेषज्ञले बिरामी हेर्दैनन्

१० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञहरुले बिरामी नहेर्ने गरेको पाइएको एक अध्ययनले देखाएको छ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको स्थलगत निरीक्षणको प्रतिवेदनअनुसार प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीको उपचार रेजिडेन्ट चिकित्सकहरुले मात्र हेर्ने गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समिति नन फंगसन भएकाले अस्पतालमा भएका शल्यक्रिया भएका बिरामीहरुमा संक्रमणको […]

सम्बन्धित सामग्री

बिरामी वीपी प्रतिष्ठानमा बढ्यो निराशा

सुनसरी – प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आफ्ना हरेक भाषणमा जनतालाई आशा जगाउनुपर्ने बताउन छुटाउँदैनन् । तर, उनीहरुकै नेतृत्वमा रहेको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले चरम निराशा बढेको छ । वीपी प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारी र भविष्यका कर्णाधार विद्यार्थीहरुमा यतिबेला चरम निराशा देखिन थालेको छ । अरुको उपचार गर्नुपर्ने बीपी […]

बीपी प्रतिष्ठानमा फेरि भद्रगोल

वृत्ति विकासको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । चार दिनयता उपकुलपतिको कार्यकक्षअगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीको आन्दोलन थप पेचिलो हुँदै जाँदा दैनिक हजारौं बिरामी सेवाबाट वञ्चित भइरहेका छन् ।

डाक्नेश्वरी –१ का वडाध्यक्षको निधन

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्षको आज निधन भएको छ । नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए । ६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए […]

सनराइज बैंकद्वारा बीपी स्वास्थ्य प्रतिष्ठानलाई सहयोग

सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्विलचियर हस्तान्तरण गरेको छ ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्विल चियर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिन् ।बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा […]

कोरोना संक्रमणबाट धरानमा एक वृद्धाको मृत्यु

काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ती महिलाको शुक्रबार राति १ बजे उपचारका क्रममा मृत्यु भएको हो।धरान उपमहानगरपालिका–९ की ती महिलामा शुक्रबार कोरोना भाइरस पुष्टि भएको थियो। उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो। कोरोनाविरुद्धको खोप लगाएकी ती महिला मधुमेहकी बिरामी रहेको डा. पोखरेलले बताए।

बीपी प्रतिष्ठानमा बिल काट्न अनलाईन सिस्टम लागू

मंसिर २५, धरान । घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।  कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागू गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालू गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै सञ्चालनमा ल्याएको छ ।  प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तीन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गएपछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको हो ।  प्रतिष्ठानले शुक्रवारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत बिरामीले अनलाइन टिकट लिन सक्नेछन् ।  सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जानकारी दिएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नु पर्ने बाध्यताबाट बिरामीहरुले छुट्कारा पाउने विज्ञप्ती जारी गर्दै अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताएका छन् ।  उनका अनुसार सेवालाई विस्तार गरेर ल्याब परीक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ । यस्तै, पेइङतर्फको बिरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउन निर्देशन दिइएको साहले बताए । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  एप्स मार्फत कुन विभागको कुन टिममा बिरामी देखाउने भनेर छान्न सकिने गरी विकास गरिएको छ । अनलाइन रजिष्ट्रेसन भएको बिरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको सहप्रवक्ता डा.चुरामनि पोखरेलले बताए ।

वीपी प्रतिष्ठानका स्वास्थयकर्मीबाट सडकमै बिरामी जाँच

सुनसरी, भदौ २२ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुको आजबाट सडकमै बिरामीको उपचार सुरु गरेका हुन् । दैनिक २ हजार ५ सय बिरामीको उपचार हुने प्रतिष्ठानमा चिकित्सकहरुले काम बहिष्कार गरे पछि ओपीडी सेवा ठप्प भएको छ । बीपी […]

बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख […]