वृत्ति विकासको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । चार दिनयता उपकुलपतिको कार्यकक्षअगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीको आन्दोलन थप पेचिलो हुँदै जाँदा दैनिक हजारौं बिरामी सेवाबाट वञ्चित भइरहेका छन् ।