काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ । आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । यस्तै बैठकले नेपाल कृषि वन सेवा समूहीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि क...