अब विदेशबाट १ सय ग्रामसम्म सुनका गहना ल्याउन पाइने
विदेशबाट आउने नेपालीहरुले भन्सार शुल्क तिरेर अब १ सय ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने भएका छन्। ५० ग्रामसम्म सुनको गरगहना ल्याउँदा भने भन्सार तिर्नु नपर्ने व्यवस्थालाई यथावत राखिएको छ।
काठमाण्डाै – मिक्सर मेशिनमा लुकाएर सुन ल्याएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
आज मङ्गलवार बिहान कुवेतबाट काठमाण्डौ आएका रुपन्देहीका २८ वर्षीय युवकलाई एक सय ग्राम सुनसहित पक्राउ गरिएकाे विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिनुभयो । जाँचका क्रममा उनले ल्याएकाे मिक्सर मेशिनमा एक सय ग्राम सुन भेटिएकाे थियाे ।
विदेशबाट आउँदा नेपालीले कानुनी रूपमा ५० ग्राम बराबरको सुनका गहना ल्याउन पाउने व्यवस्था छ ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक युवक पक्राउ परेका छन्। कुवेतको जजिरा एयरबाट काठमाडौं आएका रूपन्देहीका २८ वर्षीय ती युवकलाई मंगलबार बिहान ७ः०० बजे जाँचका क्रममा पक्राउ परेका हुन्। मिक्स्चरमा लुकाएर ल्याउँदै गरेको १०० ग्राम सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनले सुनलाई मिक्चर मेसिन भित्री भागमा फल्स बटम बनाई सुन लुकाएर ल्याएको भट्टराईले बताए। विदेशबाट आउँदा नेपाली यात्रुले ५० ग्रामको सुनका ग
वैशाख १४, काठामाडौ । सुनको अभाव भएपछि व्यवसायीले नयाँ गरगहनाका लागि अर्डर लिन छाडेका छन् ।
बैंकहरुले बिलासी वस्तुका रुपमा रहेको सुनको प्रतितपत्र(एलसी) खोल्न बन्द गरेपछि बजारमा यतिबेला सुनको अभाव छ । दैनिक २० केजीसम्मको कोटा रहेको सुन आयातमा गत चैत महीनाको मध्यबाट १० केजीमा झारिएको थियो ।
हाल त्यो पनि पूर्णरुपमा बन्द रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सुनको आयात रोकिंदा हजारौं कालिगढ र व्यवसायीको दैनिकीमै असर परेको बताए । वाणिज्य बैंकहरुले पालैपालो सुन आयात गरेर व्यवसायीलाई दिंदै आएका थिए । सुन आयातका लागि वाणिज्य बैंकहरुलाई मात्रै अधिकार दिइएको छ ।
‘अहिले बजारमा सुन छैन, केही व्यवसायीले भएका गरगहना बेचिरहेका छन्, तर नयाँ डिजाइनमा भनेजति गरगहना दिन सक्ने अवस्था छैन’ , उनले भने, ‘त्यसैले अहिले धेरैजसो व्यवसायीले अर्डर लिनै छाडे ।’
अहिले बिहेको सिजन भएकाले सुनका गरगहनाको पर्याप्त अर्डर आए पनि लिन नसकिएको उनले बताए । यस्तो बेला आपूर्ति नै ठप्प हुँदा अवैधानिक रुपमा आयात हुन सक्ने, कालोबजारी मौलाउने र त्यसले झनै जोखिम बढाउने व्यवसायीको भनाइ छ ।
‘केही दिनसम्मका लागि त दैनिक ५० केजी केजी सुन चाहिने अवस्था छ’, शाक्यले भने । बिहे, ब्रतबन्ध तथा अन्य चाडपर्वका लागि समेत सुनको महत्व रहेको भन्दै शाक्यले तत्काल यसको एलसी खोल्नुपर्ने सुझाव दिए । अहिले कसैले सुनका पुराना गहना ल्याएर नयाँ डिजाइनमा बनाउन दिएमा भने त्यो कार्य गर्न भने सकिने उनले बताए ।
यसअघि सुनचाँदी क्षेत्रका तीन ओटा महासंघ सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघले संयुक्त बैठक बसेर सीमित मात्रामा भए पनि सुनको आयात गर्नुपर्ने र त्यसका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको थियो ।
विदेसिएका व्यक्तिहरुले ल्याउने सुनले पनि केही माग धान्ने गरेको छ । विदेशबाट फर्कदा एक व्यक्तिले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ । यो व्यवस्थाकै कारण विदेशबाट फर्केका कतिपयले सामान्य तोडमोड गरी सुनका गहना ल्याउने गर्छन् ।
सुन मुलुकमा आयात हुने उच्च मूल्यको वस्तुको सूचीमा टप टेनभित्र पर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको ८ महीना अर्थात् साउनदेखि फागुन मसान्तसम्म ३२ अर्ब ६७ करोड रुपैयाँको सुन आयात भएको छ । उच्च आयात हुने वस्तुमा सुन नवौं स्थानमा पर्दछ । त्यस्तै कुल आयातमा सुनको हिस्सा २ दशमलव ५ प्रतिशत छ ।
सुनको आयात गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेपछि सुनचाँदी, सवारीसाधन जस्ता बिलासी वस्तुको आयातमा सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।
काठमाडौं । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ ।
दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ ।
विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए । उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आंशकामा यात्रु जाँचमा कडाइ गरिएको हो ।
रोजगारीबाट फर्किएका नेपालीहरूलाई तस्करहरूले फसाएर सुन पठाउन सक्ने जोखिम बढेको सूचना पाएपछि नियमभन्दा बाहिरबाट ल्याइएको सुनको राजस्व तिर्न कडाइ गरिएको भट्टराईले दाबी गरे । झिटीगुन्टा नियमअनुसार गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुले राजस्व तिर्नु पर्दैन । तर, त्योभन्दा बढी २ सय ग्रामसम्म गहनाका रूपमा सुन ल्याउने यात्रुले राजस्व तिर्नुपर्नेछ ।
यस्तै ५० ग्राम वा त्योभन्दा बढी कच्चा सुन कुनै पनि बहानामा भित्र्याए राजस्व तिर्न अनिवार्य गरिएको भट्टराईले बताए । ‘कच्चा सुनलाई बालाजस्तो आकार दिएर नेपाल भित्र्याउनेलाई कडाइ गरिएको छ,’ भन्सार प्रमुख भट्टराईले बताए । नेपालमा अवैध सुन भित्रिन सक्ने साउदी अरब, दुबई र मलेशियाबाट आउने यात्रुहरूमाथिको चेक जाँच उच्च प्राथमिकतामा परेको भन्सार कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगारी एवं अन्य कामका लागि विदेश गएर फर्कने यात्रुहरूबाटै नेपालमा अवैध सुन भित्रिने गरेको पाइएको भन्सार विभागको दाबी छ । विभागले आइतवार एक सूचना प्रकाशित गर्दै विदेशबाट नेपाल आउनेहरूलाई थाहै नदिई टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटरलगायतमा सुन लुकाउने गरिएको पाइएको बताएको थियो ।
त्यस्तो सामान आफ्ना आफन्तसम्म पुर्याइदिन अनुरोध गर्ने गर्दा निर्दाेष यात्रु फस्ने गरेको समेत पाइएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए । कुनै पनि परिचित वा अपरिचितले दिएको मालवस्तुमा अवैध वस्तु लुकाइएको सुनिश्चित नभएसम्म बोकेर ल्याउन नहुने खड्काको भनाइ छ ।
यात्रुले विदेशबाट यी समान बोकेर ल्याउने र आफूलाई कानूनबारे जानकारी नभएको बयान दिने गरेको खड्का बताउँछन् । साथै अपरिचित व्यक्तिले ललाइफकाई यस्ता सामान लैजाने भन्ने गरेको समेत बयान दिने गरेका छन् । खासगरी सुन तथा सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ बढी मात्रामा त्यसरी आउने गरेका छन् ।