संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । संखुवासभाको मादी नगरपालिकाबाट इटहरी जानेक्रममा बा४ख ७३५ नम्बरको रेशम फिलिलि बस मादी नपा–६ क