संखुवासभा – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।
बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँक...