विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले भने- विकल्प दिए राजीनामा दिन्छु

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई वैकल्पिक बाटो दिनुपर्ने बताएका छन् ।  सीमित पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘वैकल्पिक बाटो दिए म मान्छु, यही दिनु भन्ने केही छैन ।’ विगतमा राम्रो काम गरेको अनुभव भएकाले जुनमा पठाए पनि राम्रो गर्ने उनको भनाइ छ ।  ‘कोरोनाको समयमा पनि प्राधिकरणले राम्रो काम गरेको छ, मेरो कारणले प्राधिकरणको बदनाम नहोस् भन्ने हो,’ उनले भने ।  सरकारले प्राधिकरणमा कुलमान घिसिङलाई​ ल्याउने तयारी गरेको छ । 

सम्बन्धित सामग्री

८ वर्षभित्र बूढीगण्डकी आयोजना बनाउन २ विकल्प प्रस्ताव

१० चैत, काठमाडौँ । बूढीगण्डकी जलविद्युत कम्पनीले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने दुईवटा विकल्प ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार १ चैतमा बसेको सञ्चालक समितिको बैठकले  आयोजनाको लगानी ढाँचा र वित्तीय योजनासम्बन्धी दुईवटा विकल्पसहितको प्रस्ताव स्वीकृत गरेको छ । उक्त ढाँचा र वित्तीय प्रवाह योजना […]

‘टीएमएस’मा विकल्प नहुँदा मर्का पर्‍यो : ब्रोकर

काठमाडौं। दोस्रो बजारमा धितोपत्र किनबेचको ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)’ मा एउटै कम्पनी मात्र हुँदा नयाँ र पुराना दुवै धितोपत्र दलाल (ब्रोकर) कम्पनीले मर्का परेको गुनासो गरेका छन् । विकल्प नहुँदा टीएमएसमा उनीहरू एउटै कम्पनीमा निर्भर छन् । टीएमएस प्रयोग गरी ब्रोकर र लगानीकर्ताले इन्टरनेटमार्फत धितोपत्र खरीदविक्री गर्न सक्छन् । टीएमएसबाट ब्रोकरले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायत काम गर्छन् । लगानीकर्ताले टीएमएसमार्फत शेयर खरीदविक्रीको आदेश दिने, रकम ट्रान्सफर गर्नेलगायत काम आफै गर्न सक्छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को टीएमएस ५० ओटा पुराना ब्रोकर, नागरिक स्टक डिलर र कारोबारको अनुमति पाएका नयाँ ब्रोकरले चलाउँदै आएका छन् । नयाँ ब्रोकरसँग विकल्प नहुँदा उनीहरूले पनि त्यही टीएमएस चलाइरहेको अवस्था छ । नेप्सेको टीएमएस वाइकोले निर्माण गरेको हो । मर्मतसम्भार पनि उसैले गर्दै आएको छ ।  नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने ४६ कम्पनीमध्ये ३७ लाई ब्रोकर लाइसेन्स दिइसकेको छ । तीमध्ये केही ब्रोकरले नेप्सेबाट अनुमति लिएर कारोबार शुरू गरिसकेका छन् । उनीहरू नेप्सेकै टीएमएस चलाउन बाध्य छन् ।  नेपालमा अहिले टीएमएसमा वाइकोको एकछत्र राज भएको बजारका जानकार बताउँछन् । बजारमा एउटै कम्पनी हाबी हुँदा पुराना ब्रोकरले पनि अर्को टीएमएस प्रयोग गर्न नसकेको बताइन्छ ।  बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७९ (तेस्रो संशोधन) लागू गरेसँगै ब्रोकरलाई छुट्टै टीएमएस सञ्चालन गर्ने बाटो खुलेको छ । पुराना ब्रोकरले छुट्टै टीएमएस ल्याउन प्रक्रिया अघि बढाइसकेको बताइएको छ ।  पुराना ३३ ब्रोकरले श्रीलंकाको आइरनवान कम्पनीको, सनी सेक्युरिटिजले भारतीय टाटा कन्सल्टेन्सी सर्भिस लिमिटेडको र नासा सेक्युरिटिजले भारतीय डिअन ग्लोबलको टीएमएस प्रयोग गर्न लागेका हुन् । बाँकी १४ ब्रोकरले अहिले सञ्चालनमा रहेको नेप्सेकै टीएमएस प्रयोग गर्नेछन् ।  स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान) का अध्यक्ष धर्मराज सापकोटा आफूहरू नयाँ टीएमएस ल्याउन वर्षौंदेखि तयारी अवस्थामा रहेको बताउँछन् । ‘हामीले १ वर्षअघि नै सबै तयारी पूरा गरिसकेकाले २०७९ साउनबाटै नयाँ टीएमएस ल्याउने घोषणा गरेका थियौं,’ उनले भने, ‘त्यसका लागि हामीले छुट्टै कम्पनी खडा गरेका थियौं । तर, नियामक निकायले एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपीआई) पोलिसीमा अनेक प्रावधान राखेर ब्रोकरहरूले नयाँ टीएमएस ल्याउने उद्देश्यले खोलेको कम्पनी क्यापटेकको प्रक्रिया नै रोक्ने काम भयो । नयाँ टीएमएसका लागि क्यापटेक नै उपयुक्त माध्यम थियो ।’  क्यापटेकबाट नयाँ टीएमएस ल्याउने बाटो बन्द भएसँगै अहिले पुराना ब्रोकरले स्थानीय प्रतिनिधि डिजिहबमार्फत श्रीलंकाको आइरनवान कम्पनीले बनाएको टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका छन् ।  एसबानका एक सदस्यले नेप्से र वाइकोले मिलेर विभिन्न बहाना बनाई विगतदेखि नै नयाँ टीएमएस ल्याउने प्रक्रिया लम्ब्याएको आरोप लगाए । ‘अहिलेसम्म नयाँ टीएमएस सञ्चालनमा आइसक्थ्यो । तर, कहिले डेटा माइग्रेसन त कहिले पोलिसी, कहिले अडिटको नाममा प्रक्रिया लम्ब्याउने काम भएको छ,’ उनले भने, ‘हामीले ल्याउन लागेको नयाँ टीएमएस वाइकोले बनाएको भन्दा राम्रो भएकाले अहिले प्रयोगमा आएको भए नयाँ ब्रोकरले त्यही नै प्रयोग गर्थे । तर, नियतवस स्वार्थ समूहहरूले प्रक्रिया लम्ब्याइरहेका छन् ।’ नेप्सेका एक उच्च अधिकारीले ‘डेटा माइग्रेसन’ र ‘अडिट’का कारण परीक्षण गर्नु पर्दा नयाँ टीएमएसको काम केही महीना ढिलो भए पनि अहिले उक्त प्रक्रिया द्रुत गतिमा अघि बढेको बताए । ‘सर्भर कनेक्सनको काम भइसकेको छ । अब टेस्टिङपछि केही सातामै नयाँ टीएमएस सञ्चालनमा आउँछ,’ उनले भने ।  न्यू स्टक ब्रोकर एशोसिएशन नेपालका अध्यक्ष सागर ढकाल धेरैजसो नयाँ ब्रोकरको मनसाय वाइकोको टीएमएस नै चलाउने रहेको बताउँछन् । ‘नयाँ टीएमएसबारे हाम्रो एशोसिएशनमा कुरा पनि उठेको थियो । तर, अहिले नै ठूलो लगानी गरेर नयाँ ब्रोकरले नयाँ टीएमएस ल्याउने अवस्था छैन । अन्य विकल्प नभएका कारण हामीले वाइकोकै टीएमएस चलाइरहेका छौं,’ उनले भने, ‘तर, बैंकहरूमा एनसीएचएलझैं ब्रोकरहरूको पनि एउटै सिस्टम भने हुनुपर्छ । ’ टीएमएसमा एउटै कम्पनीको एकछत्र राज हुँदा नयाँ ब्रोकरबाट वाइकोले चर्को शुल्क असुलेको उनीहरूको गुनासो छ । वाइकोले नयाँ ब्रोकरबाट ‘अनबोर्डिङ कस्ट’को नाममा ५ लाख रुपैयाँ लिएको पाइएको छ । उक्त शुल्क पुराना ब्रोकरहरूले तिर्नुपरेको थिएन । यस्तै ‘ब्याक अफिस’को लागि नयाँ ब्रोकरबाट वाइकोले प्रतिब्रोकर ४० हजार रुपैयाँभन्दा बढी शुल्क लिएको छ । पुराना ब्रोकरले वाइकोलाई वार्षिक ८० हजार रुपैयाँ तिर्दै आएकोमा नयाँबाट १ लाख २० हजार रुपैयाँ असुलेको पाइएको छ ।  वाइको प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश प्रधान वाइकोले नयाँ टीएमएस ल्याउने कम्पनीका साथै नेप्सेसँग प्राविधिक सहकार्य गरिरहेको बताउँछन् । प्रधानले नयाँ ब्रोकर कम्पनीसँग बढी शुल्क नलिएको दाबी गरे । ‘पहिला नेप्सेले प्रोजेक्टका रूपमा काम गरेकाले त्यसबेला ब्रोकर कम्पनीलाई अनबोर्डिङ कस्ट लागेको थिएन,’ उनले भने, ‘अहिले हामीले सेटअप र इन्सटल गरेको शुल्क मात्र लिएका छौ ।’  यस्तै ब्रोकर ‘ब्याक अफिस’का लागि पनि ब्रोकरबाट लागेको शुल्क लिएको उनले बताए । ‘हामीले हार्डवेयर, सफ्टवेयर, जनशक्तिलगायतको शुल्क लिनुपर्छ । पुरानोलाई लिएको थिएन भनेर अहिले शुल्क नलिने भन्ने हुँदैन,’ उनले थपे ।

स्थायित्वको एकमात्र विकल्प कार्यकारी राष्ट्रपति प्रणाली: उपेन्द्र यादव

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलबारबाट सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरि देशलाई राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको विकल्प नरहेको बताए।

पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघको सदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको थियो । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गर्दै भनेका छन् , […] The post पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेलम्ची खानेपानीको तत्कालीन विकल्प खोजिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी आउन समय लाग्ने भएपछि त्यसको तत्कालीन विकल्प खोजिने भएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्चीको पानी नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । उनका अनुसार उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी योजना बनाइएको छ । अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको बताइएको छ । पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने शाक्यले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । ‘ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट्यांकीमा भरेर सुक्खा व्यवस्थापन गरिनेछ,’ उनले भने । केयूकेएलले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झन्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको केयूकेएलले बताएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक ८ देखि ९ करोड लिटर पानी वितरण भइरहेको छ । केयूकेएल अन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानी लगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । केयूकेएलले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुर लगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ । काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ । रासस

अर्थमन्त्री शर्मा र सचिवको निशानामा किन परे प्राधिकरणका सिइओ ज्ञवाली?

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत भदौं ९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्यो। बैठकमा प्राधिकरणले गरेका काम र भावी योजनाका बारेमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले 'पावर प्वाइन्ट प्रिजेन्टेसन' गरे। ज्ञवालीले प्राधिकरणका बाँकी कामका लागि तीन विकल्प प्रस्तुत गर्दै पुससम्म सबै काम सकिने योजना सुनाए। योजना…

विकल्प दिए सम्मानजनक बिदाइका लागि तयार छु : कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उचित विकल्प दिए सम्मानजनक रुपमा बिदा हुन तयार रहेको बताएका छन् ।मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले शाक्यलाई राजीनामा दिन आग्रह गरेपछि बुधबार पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले सरकारले दोष नदेखाई र सम्मानजनक रुपमा नयाँ जिम्मेवारी दिएमा त्यसलाई स्वीकार्ने बताए । उनले उचित […]

प्राधिकरणका कार्यकारी निर्देशकले सर्त राख्दै भने– मार्गप्रशस्त गर्न तयार छु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने पनि बताए । प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो ।...

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् […]

एमाले र माओवादीको घोषणापत्रः न कार्यकारी प्रमुख, न राष्ट्रवाद !

२१ कात्तिक, काठमाडौं । वाम गठबन्धनले अधिनायकवादी शासन व्यवस्था ल्याउन लागेको कांग्रेस नेताहरुले आरोप लगाइरहेका बेला एमाले र माओवादीले मंगलबार संयुक्त घोषणापत्र जारी गरेका छन् । वाम दलको साझा घोषणापत्रमा संसदीय व्यवस्थाको विकल्प खोज्ने विषय उल्लेख छैन । एमाले र माओवादीले आम चुनावपछि परम्परागत संसदीय प्रणालीको विकल्पमा कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको …