काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत भदौं ९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्यो। बैठकमा प्राधिकरणले गरेका काम र भावी योजनाका बारेमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले 'पावर प्वाइन्ट प्रिजेन्टेसन' गरे।
ज्ञवालीले प्राधिकरणका बाँकी कामका लागि तीन विकल्प प्रस्तुत गर्दै पुससम्म सबै काम सकिने योजना सुनाए। योजना…