खोटाङ - खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम नसकिँदै ढल जीर्ण बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा बन्दै गरेको दिक्तेल–आहाले सडकको कालोपत्रे नहुँदै कुनामा बनाइएको ढल चर्किएर जीर्ण बनेको हो ।
विभिन्न खण्डमा ढल जीर्ण भएपछि स्थानीयबासिन्दाले गुणस्तरमाथि आशङ्का गरेका छन् । ढल निर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ साप सिरुवा जेभीले ढुङ्गा ठाडो पारेर पर्खाल लगाएको छ । निर्माण कम्पनीको अघिल्लो प्रतिनिधिले निर्माणका क्रममा गुणस्तरहीन ढुङ्गा प्रयोग गराएका कारण ढल ज...