नारायणघाट-हेटौँडा खण्डको गोन्द्राङमा बन्दै गरेको सडकको नालीमा परेर एउटा गैँडा मरेको छ। छ लेनको बन्दै गरेको नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङमा नालीमा खसेको पोथी गैंडा आइतबार दिउँसो मरेको हो। सडक बनाउँदा जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा गैंडा नालीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।