पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका–९, पुल्चोकदेखि
कैलाली- धनगढीको मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्ड ६ लेन बनिसक्यो । ६ लेन सडक जति चाक्लो भयो उत्ति नै दुर्घटनाको भय पनि बढेको छ । तीव्र गतिमा सवारी साधन गुड्दा छाडा चौपायाकै कारण ६ लेन सडक खण्डमा सवारी दुर्घटनामा परेर यात्रुले ज्यान गुमाउनु परेको छ ।
धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिट...
निर्माण व्यवसायीहरूको गैरजिम्मेवारीका कारण मुलुकभर बन्दै गरेका हजारौं आयोजना अलपत्र पर्दै आएकामा पछिल्लो उदाहरण दाङको चार लेन सडक बनेको छ । जिल्लाको गौरवकै आयोजनाका रूपमा हेरिएको घोराही–तुलसीपुर चार लेन सडक निर्माण अलपत्र बनाइएपछि अहिले निर्माण सम्झौता खारेज गरिएको छ । दुई वर्षमा बन्ने सडक चार वर्षमा पनि बन्न नसकेपछि यसको ठेक्का सम्झौता तोडिएको छ । […]
११ भदौ, बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, तिनाउ-दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायतका पूर्वाधारले रुपन्देही देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बन्दै […]
लमलुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।
‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ,’ इञ्जिनियर अधिकारी भने । उनका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त आयोजनाले बताएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ ।
अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रङरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण सम्पन्न भएको बताइएको छ । आठ दशमलव आठ किलोमिटर सडक २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।
डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।
छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट २०२९ सालमा खन्न शुरू गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरू गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भएपछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौं संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ । डुम्रे बेँसीशहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस
१२ पुस, दाङ । दाङको मुख्य सडकखण्ड घोराही-तुलसीपुरको चार लेन सडक निर्माण कार्यमा भएको ढिलाइले दैनिक यात्रा कष्टकर बनेको छ । सडक निर्माण कार्यको ढिलाइले घोराही-तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण बन्दै गएको छ । यात्रा सहज होस् भनेर लमही-तुलसीपुर सडकलाई चार लेन बनाउने गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो […]
बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको २ किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।
यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डीपीआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय गरेको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । नेपाल सरकारको बजेटबाटै बहुवर्षीय योजनाअनुसार क्रमागत रूपमा चार लेन सडक निर्माण हुने भएको छ । नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनका लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया शुरू गरिएको डिभिजन प्रमुख एसीले जानकारी दिए ।
नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण भइरहेको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्नेगरी काम शुरू भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार संघीय सरकारको ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गत वर्षदेखि चार लेन सडक निर्माण शुरू गरेको हो । पहिलो चरणमा निर्माण शुरू गरिएको १ हजार ८०० मिटर लम्बाइको चार लेन सडकमा कालोपत्र गर्ने अवस्थामा पुगेको छ ।
क्रमागत रूपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण शुरू भएको हो । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा १ हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको २ किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ भने सँगसँगै नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्मको डीपीआर तयार गरी चार लेन सडक विस्तार कार्य शुरू भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए ।
केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रलगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समन्वय गरिरहेको उनको भनाइ छ । चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिँदै गएकाले सडक विस्तारले खजुरावासी उत्साहित भएको भन्दै अध्यक्ष कक्षपतिले यो चार लेन सडकले बाँके र बर्दियाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो । यस आर्थिक वर्षमा नेपालगञ्जको […]
नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत