नेपालबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

काठमाण्डाै – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको हो । यो नियम आज राति  १२ बजेदेखि लागू हुने विभागले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्काे सूचना नआएसम्मका लागि प्रतिबन्ध लागेको विभागले जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमा...

सम्बन्धित सामग्री

श्रीलंकाको पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई देश छोड्न रोक

शुक्रबार श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई अनुमतिबिना जुलाई २८ सम्म देश छाड्न रोक लगाएको ट्रान्सपरेन्सी इन्टरनेशनल श्रीलंकाले जनाएको छ ।

यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । शनिबार रुसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप समेत उनले लगाए । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो ।   रूसले आक्रमण गरेपछि यूक्रेनको

यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई किन लाग्यो देश छोड्नमा रोक

यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताउनुभएको छ । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उहाँले लगाउनुभएको छ । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उहाँको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गर्नुभएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ […]

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ ।  गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका छन् । शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उहाँका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।  श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग ग...

भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ । भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।

हाइटीका प्रधानमन्त्रीले देश छाड्न नपाउने

काठमाडौं : हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न रोक लगाइएको छ। गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने देखिएकाले अनुसन्धान नसकिउन्जेल देश छाड्न रोक लगाइएको हो। एकजना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी गरिरहेका बीबीसीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रधानमन्त्रीसँग ती ब्यक्तिको बारम्बार टेलिफोन संवाद हुने गर

जापानले लगायो नेपाली र नेपाल आउने अन्य विदेशीको प्रवेशमा रोक

काठमाडौं। जापानले नेपाली नागरिक र नेपालबाट आउने अन्य विदेशीलाई पनि आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट्स देखिएपछि जापानले नेपाली नागरिक र नेपाल हुँदै आउने विदेशीमाथि रोक लगाएको हो। नेपालबाट आउने आफ्ना नागरिकलाई भने नरोक्ने जापानले जनाएको छ। आजबाट नेपाली नागरिकमाथि अस्थायी रोक लगाइएको जापानका मिडियाले उल्लेख गरेका छन्।

कोरोनाका कारण सिंगापुरले लगायो नेपालीमाथि रोक

काठमाडौं। नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि सिंगापुरले नेपालीलाई प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालीलाई मात्र होइन सिंगापुरले नेपालबाट जाने अन्य विदेशी र नेपाललाई ट्रान्जिट बनाएर जाने सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। कोरोना महामारी नियन्त्रण गर्न उक्त कदम चालिएको सिंगापुरले जनाएको छ। सिंगापुरले नेपाललगायत श्रीलंका, पाकिस्तान, बंगलादेश र पाकिस्तानका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ।

कोरोनाका कारण सिंगापुरले लगायो नेपालीमाथि रोक

काठमाडौं। नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि सिंगापुरले नेपालीलाई प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालीलाई मात्र होइन सिंगापुरले नेपालबाट जाने अन्य विदेशी र नेपाललाई ट्रान्जिट बनाएर जाने सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। कोरोना महामारी नियन्त्रण गर्न उक्त कदम चालिएको सिंगापुरले जनाएको छ। सिंगापुरले नेपाललगायत श्रीलंका, पाकिस्तान, बंगलादेश र पाकिस्तानका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जान रोक

काठमाडौं। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट तेस्रो मुलुक प्रस्थान गर्ने उदेश्यले नेपाल आगमन गर्न रोक लगाएको छ। विभागले टिआइएलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य देश जान पनि रोक लगाएको छ। यो रोक वैशाख १५ गते राती १२ बजेबाट लागू हुने विभागले जनाएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्टको बढ्दो जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको हो।