यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताउनुभएको छ । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उहाँले लगाउनुभएको छ । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उहाँको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गर्नुभएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ […]