यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । शनिबार रुसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप समेत उनले लगाए । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो । रूसले आक्रमण गरेपछि यूक्रेनको