अगष्टमा सुरुमा अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) की सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गइन् । उनको भ्रमणमा चीनले कठोर प्रतिक्रिया जनाएको भएपनि एकपछि अर्को प्रतिनिधिमण्डल ताइवान पुगिरहेका छन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गर्यो । त्यसलाई भविष्यमा ताइवान कब्जाको रिहल्सलको रुपमा व्याख्या गरियो । पेलोसीको भ्रमणको १२ दिनपछि अमेरिकी सिनेटर एड मार्के सो टापु ओर्लिए । त्यस्तै विहिबार रिपब्लिकन सिनेटर मार्सा ब्ल्याक वर्न ताइपेई पुगिन् ।