जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

पोखरा ९, जेठ । साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको होे । पोखरास्थित ¥यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य […]

सम्बन्धित सामग्री

टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आएका टर्कीका विश्व चर्चित अभिनेता उनगिन अल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आएका छन्। उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रशंसकहरुले स्वागत गरे। कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्नाका […]

‘पर्यटक निर्धक्क घुम्‍न पाउनु पर्छ’

पोखरा - पर्यटकीय नगरी पोखरामा घुम्न आउने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार र पर्यटकमैत्री वातावरण आवश्यक रहेको पोखरा पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषद् र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन’ विषयक अन्तरक्रियात्मक अनुश…

पर्यटन दिवसमा मिनी महोत्सव गरिने

पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले पर्यटन दिवसका अवसरमा असोज ११ गते मिनी महोत्सव गर्ने भएको छ । रेबान पोखराले हरेक वर्ष गर्दै आएको मिनी महोत्सवलाई यस वर्ष स्वास्थ्य सतर्कतासहित निरन्तरता दिइने संस्थाका अध्यक्ष लक्ष्मण बरालले बताए । खोपको सहजता र निषेधाज्ञा खुला भएसँगै पर्यटनलाई चलायमान गराउन एकदिने मिनी महोत्सवको आयोजना गरिएको जानकारी उनले दिए । उनका अनुसार महोत्सवमा सांगीतिक ब्यान्ड, नेवार समुदायको लाखे नाँच, पञ्चेबाजा, थारू समुदायको प्रचलित झुम्रा नृत्य, गन्धर्व समुदाय लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । कोरोना महामारी पूर्णरूपमा निर्मूल भइनसकेकाले महोत्सव क्षेत्रमा ‘नो भेइकल जोन’ अवधारणा अपनाएर भीडभाड व्यवस्थित गरिने बरालले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई चलायमान गराउन पर्यटक लक्षित गतिविधि आवश्यक रहेको भन्दै मिनी महोत्सवले पोखरा सुरक्षित र खुला रहेको सन्देश दिने बताए । कोरोना महामारीले आक्रान्त भएको पर्यटन क्षेत्रलाई वित्तीय संस्थाले ब्याजदर बढाएर थप पीडा दिएको भन्दै उनले सिंगल डिजिटमा ऋण उपलब्ध गराएर पर्यटन व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा कूटनीतिक नियोगका पदाधिकारीको टोली पोखरा र आसपासको पदमार्गमा पुग्ने र यसले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए । रेबानका सचिव भीष्मराज पौडेलले पोखरा खुल्दै छ र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तयार छन् भन्ने सकारात्मक सन्देश र पर्यटन दिवस पोखरामा मनाउन निम्तो दिन पनि महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक र प्रदेश सरकार पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् सहयोगी रहेका छन् । रासस

स्वास्थ्य सामग्री सहयोग

पोखरा । पोखरा महानगरपालिकालाई भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्री सोमवार महानगर कार्यालय परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । उपप्रमुख गुरुङले महानगरपालिकाले स्थापित गरेको १३ अन्तरराष्ट्रिय सम्बन्धमध्ये ९ चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको भन्दै उनले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । रासस

पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग

पोखरा, ४ असार: पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्ले आज विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाई माथि उठाउने सो क्षेत्रलाई चलायमान बनाउन खोप आवश्यकता रहेको र यसका लागि स्थानीय, प्रदेश र सङ्घीय […]

लेकसाइडमा सिसी टिभी क्यामरा सञ्चालन सम्झौता

पर्यटकीय शहर पोखराको लेकसाइड क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित गराउन सडक छेउमा जडित सिसी टिभी क्यामरा मर्मतसम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काइ लिंक टेक्नोलोजीबीच आज एकवर्षे सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र टेक्नोलोजीका प्रोपाइटर राजेन्द्र तिवारीले आज सम्झौतापत्रमा  हस्ताक्षर गरेका छन् । सम्झौतानुसार लिंकले आगामी एक वर्षसम्म  उक्त सिसी टिभी क्यामराको उचित रेखदेख तथा मर्मत सम्भार गर्नेछ ।परिषद्का अध्यक्ष भट्टराईले भने,  “पर्यटकीय

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन् ।

पर्यटन व्यवसायीद्वारा बाढी प्रभावित विभिन्न स्थानमा राहत वितरण

पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाख रुपैयाँभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बाढीपीडितलाई राहत…