कांग्रेस नेता गुरुराज घिमिरेले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट `राजनीतिक हिंसा´ भएको आरोप लगाएका छन् । हालै सम्पन्न प्रदेश १ को अधिवेशनमा बहालवाला मन्त्रीहरूलाई पठाएर आफूविरूद्ध मोर्चाबन्दी गराउने, शक्तिको दुरूपयोग गराउने र पैसाको खोलो बगाउँदै सभापति पदमा हराएर दोस्रोपटक हिंसा गरेको आरोप लगाए ।