भृकुटी मण्डपमा ‘नाडा अटो शो २०२३’ मा विद्युतीय सवारी साधनप्रति ग्राहकहरुको आकर्षण धेरै देखिएको छ। विद्युतीय सवारी साधनहरुले विभिन्न अफर सहित शोमा आफ्ना ब्राण्डहरु प्रदर्शनी र बिक्रीका लागि राखेका छन्। पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाले उत्पादन गरेको वुलिङ एयर ईभीको दुई वटा कार अटो शोमा सार्वजनिक गरिएको छ । सानो परिवारका लागि उपयुक्त चारसिटे (डबल डोर) […]
काठमाण्डौ - नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ता २६ 'नाडा अटो शो २०२३' आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको 'नाडा अटो शो २०२३' भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो ।
गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् व...
नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]
८ साउन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । […]
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आगामी ७ भदौदेखि १२ भदौसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्दैछ । जसका लागि कम्पनीले गतहप्ता स्टल बुकिङ खुल्ला गरेको थियो । चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसकेको कम्पनीले जनाएको छ । २ असारमा गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको […]
९ फागुनदेखि १४ सम्म हुने भनिएको नाडा अटो शो रद्द भएको छ । नाडाको १७औँ कार्यसमितिको बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
काठमाडौं । वृहत अटो मेला ‘नाडा अटो शो २०२२’ आगामी माघ ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ ।कोभिड–१९ का कारण दुई वर्ष रोकिन पुगेको अटो शोलाई यस वर्ष माघमा गर्ने गरि नाडाले नयाँ मिति तोकेको हो । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष दसैं तिहारको अवसरमा भदौ–असोजमा अटो शो को आयोजना गर्दै आएको छ । तर, गएको दुई वर्ष भने कोभिडकै कारण अटो शो हुन सकेन ।यस वर्षका लागि नाडाले पहिलो पटक भदौ २६ गते अटो शोको मिति तोकेको थियो । तर स
काठमाडौं, साउन ६ । अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘ संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य […]