काठमाण्डाै – सर्वोच्च अदालतले बालुवाटारकाे ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलगायतलाई भ्रष्टाचार मुद्दा चलाउन सकिने वा नसकिनेबारे निर्णय गर्न प्रमाण बुझ्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय डाक्टर आनन्दमाेहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बालुवाटारको एक सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणका बारेमा प्रमाण उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा याे आदेश जारी गरेको हो ।&nbs...