काठमाण्डाै - जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
नेपाल,बङ्गलादेश, श्रीलङ्का, ताइवान, लाओस र इरानलाई कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा खोप दिन लागिएको खबरमा उल्लेख छ । जापानले आफ्नै देशमा उत्पादन भएको खोप दिन लागेको हो । एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले स्वीकृति दिइसकेको छ । ...