अमेरिकाले थप एक लाख फाइजरको खोप दिने, भोलि काठमाडौं आइपुग्ने
अमेरिकी सरकारले नेपाललाई फाइजरको थप एक लाख डोज खोप दिने भएको छ। अमेरिकाले नेपाललाई थप खोप सहयोग गर्न लागेको काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
काठमाडौं, भदौ १२ । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र […]