कैलाली । धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उपचारको लागि विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ । डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा […]