मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

१८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि …

सम्बन्धित सामग्री

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

हरिवन मालपोतका २ कर्मचारी घुससहित पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट २ कर्मचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका १ नायब सुब्बा र १ लेखापढी व्यवसायी घुस रकमसहित बिहीवार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संश...

३ लाख २० हजार घुससहित मालपाेतका नासु र कार्यालय सहयाेगी पक्राउ

दाङ – घुस रकम लिइरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालयबाट दुई जना कर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय तुलसीपुरको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा शुक्रबार रङ्गे हात पक्राउ परेका हुन...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कर्मचारी पक्राउ

बनेपा। सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा  मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार ...

घुस लिएको आरोपमा मालपोतका कर्मचारी कार्यालयबाटै पक्राउ

बनेपा । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

घुस लिएको आरोपमा खरिदार र लेखापढी सहयोगी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बारामा सेवाग्रहीसँग घुस लिएको आरोपमा एकजना कर्मचारी र लेखापढी सहयोगीलाई पक्राउ गरेको छ ।

घुससहित मालपोत कार्यालयका दुई कर्मचारी रंगे हात पक्राउ

भरतपुर : घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका दुईा कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात

चितवनमा मालपोतका कर्मचारी २५ हजार घुससहित पक्राउ

१७ जेठ, चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले …

घुस रकमसहित मालपोतका कर्मचारी पक्राउ

सुर्खेत । सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतमा कार्यरत दुई कर्माचारी आज पक्राउ परेका छन्