सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट २ कर्मचारी घुससहित पक्राउ परेका छन् ।
मालपोत कार्यालयका १ नायब सुब्बा र १ लेखापढी व्यवसायी घुस रकमसहित बिहीवार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरूले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संश...