काठमाडौं महानगरपालिका अपडेटः ६० वटा मतपेटिका बुझ्नै बाँकी

चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको हो ।निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए ।

सम्बन्धित सामग्री

सुकुम्वासीले घेरे काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन । सुकुम्वासीहरु ठूलो संख्यामा रहे पनि नेपाल प्रहरी भने मुकदर्शक बनेको छ । माथिको आदेश भन्दै प्रहरीले महानगरपालिकालाई […]

काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो […]

काठमाडौं महानगरपालिका–८ मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका–८ मा नेपाली कांग्रेसका आशामान संगत प्यानलसहित विजयी भएका छन्। संगतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन्।  काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत पाए। त्यसैगरी शेखर देउला र सलोनी वडारी वडा सदस्य चुनिए। महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी  र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भए।  महानगरपालिकाको १, २, ३ ,४

काठमाडौं महानगरपालिका १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। ६६२ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरे।  सोहि वडाको...

काठमाडौं महानगरपालिका मतगणना (अपडेट)

काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन्। १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छन् भने बालेन शाह ३१ मतका साथ दोस्रोमा छन्।...

काठमाडौं महानगरपालिका-३०मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । मंगवार काठमाडौं महानगरपालिका वडा नं.३०ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन् । ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री थापाले आफु स्वास्थ्य […]

काठमाडौं महानगरपालिका विद्यार्थीलाई आजदेखि फाइजर खोप

काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । यस खोप अभियान आजदेखि फागुन ५ गतेसम्म जारी रहने छ । महानगरद्वाराजारी सूचना अनुसार १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीलाई फाइजरको दोस्रो मात्रा लगाईनेछ । काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा शनिबारबाहेक अन्य दिनमा बिहान […]

काँग्रेस काठमाडौं महानगरपालिका सभापतिमा शाक्यको दावी

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका कमिटी सभापतिमा नेता निलकाजी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । काँग्रेस काठमाडौंको पालिका अधिवेशन शनिबारको लागि तय भएको सन्दर्भमा शाक्यले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । शाक्यले काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत  काठमाडौं महानगर समितिमा सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अन्य दावेदारहरुले पनि अन्तिम समयमा आफूलाई नै सहयोग गर्नेमा विश्वास व्यक्त गरे । काँग्रेसमा प्रकाशमान सिंह निकट भनेर चिनिने उनले सर्वसम्मत स

आज काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा खोप कार्यक्रम संचालन नहुने

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम संचालन हुनेछ।