नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक भएको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजारमै बजारमा उपलब्ध भएको हो । यसलाई नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले उपलब्ध गराएको हो । किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार