टोयोटा र सुजुकीले नयाँ हाइब्रिड एसयूभी उत्पादन गर्ने

टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।

सम्बन्धित सामग्री

टोयोटा अर्वान क्रुजर हाइराइडरको मूल्य सार्वजनिक

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरेको बहुप्रतिक्षित मोडल ‘अर्वान क्रुजर हाइराइडर’को मूल्य सार्वजनिक भएको छ । बजारमा हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता मोडलसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको हाइराइडरको मूल्यभने निकै माथि हुने देखिएको हो । आज भारतीय बजारमा माथिल्ला ४ भेरियन्टको मूल्य सार्वजनिक गर्दै टोयोटाले माइल्ड हाइब्रिड इन्जिन टप भेरियन्ट भीको मूल्य १७ लाख […]

टोयोटाको ‘सेल्फ चार्जिङ’ हाइब्रिड एसयूभी, लग्जरीसँगै उच्च माइलेज

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरेको ‘सेल्फ चार्जिङ हाइब्रिड’ कार नेपाल भने तत्काल नआउने भएको छ । भारतमा केही दिन भित्रै विक्री सुरु हुन लागेको टोयोटा अर्वान क्रुजर हाइराइडर नेपाल नआउने भएको हो । टोयोटाको नेपालको लागि आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भारतमा उत्पादन हुने हाइराइडर एसयूभी तत्काल नेपाल नआउने जानकारी दिएको छ । […]

लगातार दोस्रो वर्ष पनि विश्वको अटो विक्रीमा टोयोटा अगाडि

पुस २९, टोकियो । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशन लगातार दोस्रो वर्ष विश्वको अटो विक्रीमा शीर्ष स्थानमा रहेको छ ।  जर्मन अटोे निर्माता कम्पनी फक्सवागन एजीलाई पछाडि पार्दै सन् २०२१ मा टोयोटा लगातार दोस्रो वर्ष सर्वाधिक अटो विक्रेता बनेको हो । सन् २०२१ को जनवरीदेखि नोभेम्बरको बीचमा टोयोटाका कुल ९५ लाख ६० हजार थान सवारी विक्री भएको छ ।  यो फक्सवागन एजीकोभन्दा निकै धेरै हो । सो अवधिमा विश्वभर फक्सवागनका ८८ लाख ८० हजार थान सवारी विकेको बुधवार फक्सवागनले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  कोरोना भाइरसको महामारीका कारण पार्टस्को आपूर्ति शृंखलामा उत्पन्न अवरोधले टोयोटालाई फक्सवागनलगायत अन्य अटो निर्मातालाई जस्तो गरी मार नपरेको देखिएको छ । चिप अभाव बीच फक्सवागन उत्पादन घटाउन बाध्य भएको थियो । आफ्नो गृह बजार पश्चिम यूरोपमा फक्सवागनको विक्री २ दशमलव ७ प्रतिशतले घटेर २८ लाख ६० हजार थानमा आएको छ । मुख्य बजार चीनमा पनि विक्री १४ दशमलव १ प्रतिशतको कमीसहित ३३ लाख थानमा झरेको थियो ।  विद्युतीय सवारी साधनको विक्री भने दोब्बर हुँदै ४ लाख ५२ हजार ९०० थानमा उक्लिएको छ । प्लग–इन हाइब्रिड कारको विक्री पनि करीब ६० प्रतिशतले बढेर ३ लाख ९ हजार ५०० थानमा पुग्यो । एजेन्सी