चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल २३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।
पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ९ सय ५३ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ९ सय ३० मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाइरहनुभएकाे छ । उहाँले २ हजार २ सय ९० मत प्राप्त गर्नु...