काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्। उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्। शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो। टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।