भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ५१९ मत ल्याउनुभएको छ ।

सम्बन्धित सामग्री

भरतपुरमा रेनु दाहाल ३ हजार २६ मतले अगाडि

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार दाहालले १५ हजार १६२ मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले १२ हजार १३६ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाउनु भएको छ ।

भरतपुर महानगरपालिकाः रेनु दाहाल १५ मतले अघि

विजय सुवेदी, नेकपा (एमाले) – ५३६७, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५३८२, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५७७...

भरतपुरमा फेरि रेनु दाहाल अघि, विजय सुवेदी १२ मतले पछि

चितवन – भरतपुर महानगरपालिकाकाे मेयर प्रतिस्पर्धा तीव्र भइरहेकाे छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिनुभएकाे छ ।  दाहालले ५ हजार ३९ मतसहित अग्रता लिनुभएकाे हाे । उहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि हुनुहुन्छ । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले २ हजार ३ सय ५५ मत पुर्‍याउनुभएकाे छ ।  यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ६ हजार ४३ मत पाउनु भएको छ । एमाल...

६८ मतले पछि परिन् रेनु दाहाल, १३७६५ मत गणना सकियो

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् । महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले  ४६८८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०७४ मत पाएका छन् । यसैगरी उपमेयरमा काँग्रेसका  चित्रसेन अधिकारीले ५४८२ मत पाउँदा राप्रपाकी  हिमला गुरुङले ३७२५ मत पाएकी छन् ।

भरतपुर महानगरमा रेनु दाहाल भन्दा विजय सुवेदी ७३ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।  पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।  उपमेयरम...

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

२०० मत गन्दा पनि रेनु दाहाल पछाडि, कसको कति मत आयो ?

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा पछि परेकी छन् । २०० मत बन्दा माओवादी केन्द्रकी उनले जम्मा ६८ मत पाएकी छन् । यस्तै विजयले ८२ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् । यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले ८४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८ मत पाएकी छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् भने हिमलालाई एमालेको समर्थन रहेको छ ।

१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।

२८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् । रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।

भरतपुरमा रेनु दाहाल भर्सेस विजय सुवेदी : यस्तो छ अंकगणित

चितवन : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकाले पाएको छ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भएकाले भरतपुरले धेरैको ध्यान तानेको हो। त्यसमा पनि प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा पुनः उम्मेदवार बन्ने भएपछि त्यसप्रतिको चासो अझै बढेको छ। २०७४ सालमा भएको निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री दाहाल नै निर्वाचित भएकी थिइन्। उनी पुनः भरतपुरको मेयरमा दोहोरिन चाहन्छिन्।सत्