तीन देशमा नियमित उडानको अनुमति

काठमाडौं । सरकारले चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिका पनि तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ । भोलि अर्थात् बिहीवारदेखि टर्किश एयरलाइन्सले नियमित उडान शुरू गर्दै छ भने कतार एयरलाइन्सले आगामी सोमवारदेखि काठमाडौं–दोहा उडान गर्ने समय तालिका पाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । टर्किश एयरलाइन्सको विमान बिहान ९ बजे नेपाल आउने र सोही दिनको बिहान ११ बजे नै फर्कने तालिका तयार भएको उनले बताए । तर, तीन देशमध्ये चीनतर्फको उडानका लागि चिनियाँ एयरलाइन्स र नेपालको निजी विमान कम्पनी हिमालय एयरलाइन्सले हालसम्म काठमाडौं–चीन उडानका लागि आवेदन दिएका छैनन् । सरकारको निर्णयसँगै चीन र हिमालय एयरलाइन्ससँग पनि उडानको आवेदन दिन अनुरोध गरिएको उनको भनाइ छ । चीनले अहिले उडानमा निकै कडाइ गरेको हुँदा त्यसतर्फको उडानका लागि आवेदन नपरेको हुन सक्ने प्राधिकरणको आकलन छ । यसैगरी नेपाल एयरसलाइन्सले पनि नियमित उडानका लागि अनुमति पाएको उनले जानकारी दिए । हाल चार्टर उडान गर्दै आएको नेपाल एयरलाइन्सले दोहाका लागि नियमित उडान गर्ने अनुमति पाएको छ । उसले सोमवार राति ११ बजे उडान गर्ने र मंगलवार बिहान नेपाल फर्कने गरी तालिका पाएको उनले बताए । सरकारले वैशाख २३ गते मध्यरातदेखि अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो । कार्गाे, चार्टर उडान र भारतमा साताको २ ओटा उडान गर्न भने यथावत् राखिएको थियो । त्यसको झन्डै १ महीनामा सरकारले उल्लिखित ३ देशमा नियमित उडान गर्न दिने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

काठमाण्डौ बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम गन्तव्य देशमा जान कति सहज ?

एक महिना पहिले दाङका बलराम थारु वैदेशिक रोजगारीमा कुवेत जानुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जानुभएका उहाँलाई त्यहाँ पुगेपछि मात्र थाहा भयो आफ्नै घर नजिकको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विभानस्थलबाटै पनि कुवेत जान मिल्ने रहेछ । तर उहाँ भने भैरहवाबाट थप झण्डै तीन सय किलोमिटर लामो यात्रा गर्दै काठमाण्डौ आउनुभयो र जहाज चढ्नुभयो । पछिल्लो समय सरकारले प्रदेश स्तरमा सेवा विस्तार गरिसक्यौँ भनेको छ । अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको गौतमबुद्ध र अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको पोखरा विमानस्थललाई लक्षित ग...

बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द

बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द गरिएको छ । युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि बेलायतको समय अनुसार रातको साढे १० बजे हुन लागेको उडान रोकिएको हो । यो उडानबाट ७ जनालाई अफ्रिकी देशमा फिर्ता पठाउने अपेक्षा गरिएको थियो । तर अदालतको हस्तक्षेपपछि उडान रोकिएको बीबीसीले जनाएको छ । बेलायतका गृहमन्त्री प्रीति पटेलले अदालतको निर्णयका कारण आफू निराश भए पनि विचलित नभएको र अब अर्को उडानको तयारी सुरु हुने बताउनुभएको छ । उहाँले आफ्नो देशको अदालतमा पटक पटक सफलता हासिल गरे पनि ...

पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे छलफल

१० जेठ, काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेको छ । कम्पनीका अनुसार पोखराबाट कुन जहाज कुन गन्तब्यमा उपयुक्त हुन्छ भन्नेबारे एयरबसले सुझाव दिएको छ । बुद्ध एयरका अनुसार कम्पनीले पोखराबाट भारतका विभिन्न शहर र अन्य देशमा उडानको तयारी गरिरहेको छ । कम्पनीले लामो दुरीको […]

नेपाल एयरलाइन्सलाई दुबई उडानको अनुमति

काठमाडौं । दुबईले नेपाल वायुसेवा निगमलाई आफ्नो देशमा उडानको अनुमति दएको छ । दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा निगमलाई उडान गर्न अनुमति दिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिइएको हो । अब निगमले साताको दुईवटा...

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

काठमान्डाैं / श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी... The post श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी appeared first on Purbeli News.

कतारमा नियमित उडान, भाडा महंगाे हुँदा श्रमिकले चढ्न पाएनन् जहाज

काठमाण्डौ – नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क भए । तर जब नियमित भनिएको उडानको लाखौं रुपैयाँ भाडादर सुने तब छाँगाबाट खसेझैंँ भए ।कतार जानको लागि महिनादिन देखि पर्खेर बस्नुभएका धनुषाका जीवन साहला...

तीन स्वदेशी एयरलाइन्स अन्तर्राष्ट्रिय उडानको तयारीमा

नेपालबाट विश्वका विभिन्न देशमा हवाई सेवा दिनको लागि तीन वटा स्वदेशी एयरलायन्सले तयारी थालेका छन्। यसअघि नै अन्तर्राष्ट्रिय उडानको लाइसेन्स तथा एयर अपरेटर सर्टिफिकेट पाएर गुमाएका दुई र एउटा आन्तरिक उडान गरिररहेको कम्पनीले अन्तर्राष्ट्रिय उडानको तयारी गरेका हुन्। पर्यटन मन्त्रालयका अनुसार हाल बीबी एयरवेज र अल्पाइन एयरले लाइसेन्स नवीकरणको लागि आवेदन दिएका छन्। त्यस्तै आन्तरिक…