नेपाल एयरलाइन्सलाई दुबई उडानको अनुमति

काठमाडौं । दुबईले नेपाल वायुसेवा निगमलाई आफ्नो देशमा उडानको अनुमति दएको छ । दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा निगमलाई उडान गर्न अनुमति दिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिइएको हो । अब निगमले साताको दुईवटा...

सम्बन्धित सामग्री

‘नेपाल एयरलाइन्स’ सिध्याउने ६ नेताः कसको पालामा के भयो ?

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उतारचढावपूर्ण ६३ वर्षे यात्रा पूरा गरेको छ । ६ दशकभन्दा बढी लामो इतिहास बोकेको नेपाल एयरलाइन्सको ‘आर्थिक स्वास्थ्य’ भने दिनानोदिन खराब अवस्थाबाट गुज्रिरहेको छ ।सन् १९५८ मा २८ सिटे डाकोटा डीसी–३ विमानबाट काठमाडौँ–सिमरा उडेर हवाई उडान सुरु गरेको निगमले हाल वाइडबडी जहाजबाट विभिन्न गन्तव्यमा उडान त गर्दैछ । तर, संस्था झण्डै ५० अर्ब ऋणमा भासिएको छ । आन्तरिक उडानमा अस्तित्व नै गुम्योकुनै समय नेपाल एयरलाइन्सका साना जहाजले देशका अधिकांश आन्तरिक विमानस्थलमा उडान गर्थे । हाल आन्तरिक उडानमा निगमको उपस्थिती शून्य प्रायः छ । २ वटा ट्वीनअटर विमानले आन्तरिक उडान गरिरहेको भएपनि त्यो खस्कँदो छ । चीनसँग खरिद गरिएका २ वटा एमए–६० र ४ वटा वाई–१२ जहाज भने १५ असार २०७७ असार अर्थात् २ वर्ष अघिदेखि घाम तापेर बसेका छन् । यी जहाजको सञ्चालन खर्च आम्दानीभन्दा बढी छ ।अन्तराष्ट्रिय उडानतर्फ जापान, साउदी, कतार, दुबई, मलेसिया, थाइल्याण्डको बैंकक, हङकङ र भारतका ३ शहर (दिल्ली, बैंलोर र मुम्बई)मा नियमित उडान गर्दै आएको छ । २ वटा वाइडबडी र २ वटा न्यारोबडी एयरबसमार्फत अन्तराष्ट्रिय गन्तव्यमा उडान भरिरहेको निगम विश्वका अन्य ध्वजाबाहक र नेपालकै प्रतिस्पर्धी वायुसेवा प्रदायक कम्पनीका सामू भने निरिह बन्नु परिरहेको छ ।ऋण चुलियो, किस्ता तिर्न बन्दपछिल्ला वर्ष राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स क्रमशः घाटामा छ । संस्थाको थाप्लोमा रहेको झण्डै आधा खर्ब ऋणको भार बोकेर निगमका जहाज आकाशमा उडिरहेका छन् ।अन्तराष्ट्रिय उडानका लागि खरिद गरिएका एयरबस ३२० र वाइडबडी ३३० जहाजको ऋणको किस्ता र ब्याजसमेत निगमले तिर्न सकेको छैन । निगमले वाइडबडी ए ३३०, २ वटा एयरबस ए ३२० र चिनियाँ जहाज खरिदका लागि लिएको ऋणको तिर्न बाँकी साँवा र ब्याज ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।वाइडबडी जहजा खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । २ वटा एयर बस ३२० किन्न कर्मचारी सञ्चय कोषसँग १० अर्ब, २ वटा वाइडबडी ए ३३० जहाज किन्न सञ्चय कोष र नागरिक लगानी कोषसँग २५ अर्ब र चिनियाँ जहाज खरिदमा ६ अर्ब ६७ करोड १० लाख गरी ३८ अर्ब ७२ करोड ऋण बढेर हाल ४७ अर्ब ४४ करोड पुगेको छ ।पटक पटक राजनीतिक हस्तक्षेपचरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल एयरलाइन्सले राजनीतिक हस्तक्षेप पटक पटक ब्यहोरिरहेको छ । हरेक पटक सरकार परिवर्तन हुँदा पहिलो प्रहार निगमले खेप्नुपरेको छ ।हरेक पटक सरकार फेरिँदा निगम कमाउने भाँडो बन्ने गरेको छ । सरकार परिवर्तन हुनासाथ आउने पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल एयरलाइन्सलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने गरेका छन् । पछिल्लो उदाहारण हुन् प्रेम आले । उनले आफूले सिफारिस गरेका कार्यकर्तालाई भर्ती नगरेपछि निगमका निलम्बित अध्यक्ष युवराज अधिकारीमाथि अश्लील गाली गर्दै हातपात नै गरेका थिए ।तत्कालीन राजा ज्ञानेन्द्रले २१ दिनसम्म निगमको व्यावसायिक उडान नै रोकेर २०६२ कात्तिक २५ गतेबाट बंगलादेशको ढाकादेखि अफ्रिकाको बुरुन्डीसम्म यात्रा गरेका थिए । तर, निगमले अहिलेसम्म पनि ज्ञानेन्द्रले गरेको त्यो उडानको भाडा पाएको छैन । राजतन्त्रदेखि हाल गणतन्त्रसम्म पनि नेपाल एयरलाइन्सले पटक पटक दलको हस्तक्षेपबाट दलदलमा फस्नु परेको छ । २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनपछि माओवादी दलबलसहित सत्तामा पुग्यो । प्रधानमन्त्री बने त्यतिबेला भर्खर हिंसात्मक राजनीतिबाट संसदीय राजनीतिमा आएका पुष्पकमल दाहाल प्रचण्ड । उनले त्यतिबेला निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरे ।प्रचण्डको उक्त कदमको विरुद्दमा तत्कालीन महाप्रबन्धक केबी लिम्बु अदालत गए । अदालतले यसको छिनोफानो गर्न ५ महिना लगाईदियो । महाप्रबन्धकको रुपमा कंसाकारले काम गरिरहेकै अवस्थामा अदालतले लिम्बुलाई पुर्नबहाली गरिदियो ।नेपाली सेनाका तत्कालीन प्रधान सेनापती रुकमांगत कटुवालसँगको टसलका कारण प्रचण्ड नेतृत्वको सरकार ढल्यो । झलनाथ खनाल नेतृत्वको सरकार बन्यो ।झलनाथको नेतृत्वमा सरकार बन्दा अदालतबाट पुर्नबहाली पाएका केबी लिम्बुले निगमको महाप्रबन्धकको रुपमा काम गरिरहेका थिए । तर, खनाल नेतृत्वको सरकारले पुनः कंसाकारलाई कार्यकारी अध्यक्ष बनाएर निगममा भित्र्यायो ।आफूलाई मुद्दा हराएर निगमको महाप्रवन्धका रुपमा फर्किएका लिम्बुको कार्यकारी अधिकार सहित निगममा छिरेका कार्यकारी अध्यक्ष कंसाकार र महाप्रबन्धक लिम्बुबीचको टसल छताछुल्ल भयो । विवाद बढेपछि कंसाकारले लिम्बुको सबै अधिकार खोसिदिए ।कार्यकारी अध्यक्षको हैसियतमा कंसाकारले ६ वटा जहाजको खरिद प्रक्रिया सुरु गरे । बैना वापतको रकम पनि पठाए ।तर, जहाज खरिदमा आर्थिक घोटाला भएको भन्दै कंसाकार जेल पुगे । बैना रकम फिर्ता आएपछि सफाई पाएर फर्किए । उनी पदमुक्त पनि भए ।कंसाकार कार्यकारी अध्यक्षबाट पदमुक्त भएपछि लिम्बु नै कार्यकारी महाप्रबन्धक बने । लगत्तै डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । डा. भट्टराई नेतृत्वको सरकारले मनरुप शाहीलाई कार्यकारी अध्यक्ष बनायो ।शाहीले पदबाट राजीनामा दिएपछि निगमकै कर्मचारी मदन खरेल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भए । त्यतिबेला निगमको बोर्ड अध्यक्ष पर्यटन मन्त्रालयका सचिवलाई नियुक्त गर्न थालिएको थियो ।तर, फेरि बाहिरबाट नियुक्त गर्ने गाईगुई सुरु भयो । स्वर्गीय सुशील कोइराला नेतृत्वका सरकारले शिवशरण न्यौपानेलाई निगमको बोर्ड अध्यक्षमा नियुक्त गर्यो । त्यतिबेलाको सत्ता साझेदार दल एमालेको अध्यक्ष थिए झलनाथ खनाल । न्यौपानेलाई निगमको अध्यक्षमा नियुक्त गर्न खनालले स्वर्गीय सुशील कोइरालालाई ठूलो दबाब दिएका थिए ।कार्यकारी अध्यक्ष न्यौपाने र महाप्रवन्धक खरेलबीच विवाद बढ्यो । कार्यकारीको हैसियतले न्यौपानेले खरेललाई काम गर्न दिएनन् । त्यसपछि खरेलले महाप्रबन्धकबाट राजीनामा दिए । खरेलले राजीनामा दिएपछि जेठ २०७२ मा सुगतरत्न कंसाकारलाई महाप्रबन्धक बनाईयो ।न्यौपानेलाई सरकारले निगमको बोर्ड अध्यक्षबाट हटाउने निर्णय गर्यो । यो निर्णय नमान्ने भन्दै न्यौपाने अदालत गए । अदालतले न्यौपानेको पुर्नबहाली गरिदिएन ।सरकारले पुनः पर्यटन सचिवलाई नै बोर्ड अध्यक्ष बनायो । महाप्रबन्धक कार्यकारी भए । कंसाकारकै कार्यकालमा निमगले २७४ सिट क्षमताका २ वटा वाइडबडी जहाज खरिद गर्यो । हवाई उडानको बजारमा निगमले आफ्नो हिस्सा १७ प्रतिशितसम्म पु¥यायो ।तर, २०७४ मंसिरमा भएको निर्वाचनपछि २०७४ फागुनमा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो । ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए स्वर्गीय रवीन्द्र अधिकारी । अधिकारी सहमत नहुँदा नहुँदै ओलीले मदन खरेललाई निगमको सदस्यमा नियुक्त गरे । सदस्य नियुक्त भएको केही दिनमै ओलीले नै महाप्रबन्धक कंसाकारको कार्यकारी अधिकार खोसेर खरेललाई कार्यकारी अध्यक्ष बनाए ।आफ्नो अधिकार खोसिए पनि कंसाकार महाप्रबन्धकको रुपमा निगममै बसे । रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त भए । भट्टराई मन्त्री बनेपछि कंसाकारले माघ २०७६ मा पदबाट राजीनामा दिए ।२०७६ चैतबाट कोरोनाका कारण मुलुक लकडाउनमा गयो । त्यतिबेला ओली नेतृत्वकै सरकारले पर्यटन सचिव सुशील घिमिरेलाई अर्को व्यवस्था नहुँदा सम्मका लागि भनेर कार्यकारी अध्यक्ष बनायो ।घिमिरे कार्यकारी अध्यक्ष रहेकै बेला सदस्यमा नियुक्त भए डिमप्रकाश पौडेल । त्यसपछि उनै पौडेलले निगममा कार्यकारी अधिकार पाए । उनी असोज २०७७ मा महाप्रबन्धक बनाईए ।त्यपछिको यो बीचमा संसद विघटन, सर्वोच्चद्वारा विघटन बदर लगायतका घटनाक्रम पछि ओली नेतृत्वको सरकार ढल्यो । काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको ३ महिनापछि बल्ल देउवाले नेकपा एकिकृत समाजवादीको सिफारिसमा प्रेम आलेलाई पर्यटनमन्त्रीमा नियुक्त गरे । मन्त्री भएको ५ दिनमै आलेले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको अधिकार खोसेर कार्यकारी अध्यक्षका बनाएर युवराज अधिकारीलाई भित्र्याए । कर्मचारीमाथि यौन हिंसा गरेको प्रमाणित भएर सजाय भोगेका निगमकै अर्थ विभागका पूर्वप्रमुख अधिकारीलाई कार्यकारी अध्यक्ष बनाईएको थियो । डिल नमिलेपछि आलेले नै उनलाई निलम्बन गरिदिएका छन् ।आले अहिले मन्त्री पदबाट हटिसकेका छन् । अहिले जीवनराम श्रेष्ठ पर्यटनमन्त्री छन् । जाँदाजाँदै आलेले अधिकारीलाई निलम्बन गरेर निगमकै वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई अस्थायी महाप्रबन्धक बनाएका थिए । अहिले उनै ज्वार्चनले जसोतसो काम गरिरहेका छन् ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल : दशैंसम्ममा दैनिक १० उडानको लक्ष्य

काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतम बुद्धबाट आउँदो दशैंसम्ममा दैनिक १० ओटा उडान गर्ने लक्ष्य राखिएको छ । जेठ २ गते व्यावसायिक उडानको उद्घाटन गर्ने तयारी रहेको यो विमानस्थलमा विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीले चासो देखाएसँगै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले यस्तो लक्ष्य अघि सारेको हो ।  आयोजनाका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग भैरहवास्थित विमानस्थल कार्यालयमा छलफल भएको जानकारी दिए । उनीहरूले देखाएको सक्रियता र चासोले गर्दा दशैंअघि नै यो विमानस्थलबाट दैनिक १० उडान गर्ने लक्ष्य राखिएको उनले बताए । यो विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडानका लागि कुवेतको वायुसेवा कम्पनी जजिराले अनुमति पाइसकेको छ । यो एयरलाइन्सले साताको सोमवार, बुधवार र शुक्रवार नियमित उडान गर्ने गरी अनुमति पाइसकेको छ । जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रूपमा व्यावसायिक उडान उद्घाटन गर्ने कार्यक्रम छ । ‘सोही दिन विहान जजिराको जहाज १७० यात्रु बोकेर विमानस्थलमा अवतरण गर्नेछ,’ दाहालले भने, ‘कुवेतमा नेपालीको संख्या कम भए पनि त्यहाँ अमेरिका, क्यानडा लगायत देशको ट्रान्जिट रूट पर्ने भएकाले यात्रुको समस्या हुँदैन ।’ यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान प्रारम्भिक चरणमै रहेकाले जजिराबाहेक अन्य वायुसेवा कम्पनी पनि आउने तयारीमा रहेको उनको भनाइ छ । उनका अनुसार थाइल्यान्डको एरो थाई, भियतनाम, कम्बोडियाका साथै मलेशिया, फ्लाई दुबई, एयर चाइना र एयर इन्डियाका अधिकारीहरुसँग पनि छलफल भएको छ । स्वदेशी कम्पनी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सका अधिकारीसँग पनि छलफल भएको उनले बताए । उक्त विमानस्थलमा अहिले भन्सार, अध्यागमन र बैंकका शाखा स्थापना भइसकेका छन् । ‘व्यावसायिक उडानका लागि हामी २ गतेको प्रतीक्षामा छौं,’ दाहालले भने, ‘आन्तरिक कनेक्टिभिटीलाई पनि उत्तिकै प्राथमिकतामा राखिनेछ ।’ निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरासमेतलाई आधार बनाएर उडान गर्दै आए पनि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नै आन्तरिक र बाह्य उडानको आधारको रुपमा छ । विमानस्थलले एरोड्रम प्रमाणपत्र पनि पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने यो प्रमाणपत्रले अन्तरराष्ट्रिय उडानका लागि थप सहयोग गर्नेछ । यो विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक गन्तव्यहरू पोखरा, सुर्खेत, धनगढी जस्ता क्षेत्रको उडान प्राथमिकतामा राखिएको उनले बताए । बुद्ध सर्किट, खाडी मुलुक जाने बहुसंख्यक नेपालीहरू यो विमानस्थलबाट जाने र लुम्बिनी प्रदेश, गण्डकी, कर्णालीलाई पनि लक्ष्य गरिने उनको भनाइ छ ।  गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गत फागुनमा क्यालिब्रेशन उडान गरिएको थियो । परीक्षण उडान वैशाखमा गरिएको थियो । २०७१ सालमा निर्माण शुरू भएको यो विमानस्थल ७ वर्षमै सम्पन्न भएर सञ्चालनमा आउँदै छ । जेठ २ गते नै लुम्बिनी विकास कोषको ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ पनि उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त हलको उद्घाटन गर्ने कार्यक्रम छ । बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । मोदी आउने भएपछि बुधवार नै भारतीय सेनाको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको दाहालले जानकारी दिए ।

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान, साउदीको रियाद र दमाममा उडानको तयारी

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ। एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आइतबारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो। दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय […]