काठमाण्डौ बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम गन्तव्य देशमा जान कति सहज ?

एक महिना पहिले दाङका बलराम थारु वैदेशिक रोजगारीमा कुवेत जानुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जानुभएका उहाँलाई त्यहाँ पुगेपछि मात्र थाहा भयो आफ्नै घर नजिकको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विभानस्थलबाटै पनि कुवेत जान मिल्ने रहेछ । तर उहाँ भने भैरहवाबाट थप झण्डै तीन सय किलोमिटर लामो यात्रा गर्दै काठमाण्डौ आउनुभयो र जहाज चढ्नुभयो । पछिल्लो समय सरकारले प्रदेश स्तरमा सेवा विस्तार गरिसक्यौँ भनेको छ । अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको गौतमबुद्ध र अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको पोखरा विमानस्थललाई लक्षित ग...

सम्बन्धित सामग्री

नयाँ श्रम गन्तव्य खोज्दै सरकार : १७ वर्षमा १० देशसँग श्रम सम्झौता

काठमाडौं : नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक कतार, साउदी अरब, मलेशियालगायत देशमा पुरानै श्रम सम्झौतामा नेपाली कामदार रोजगारीको खोजीमा विदेशिएका थिए। न्यून पारिश्रमिक, असुरक्षित तवरबाट काम गर्दै आएको भन्दै सरकारले अहिले श्रम सम्झौता पुनरावलोकन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आधा दर्जन श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता (एमओयू) तथा श्रम समझदारीको तयारी गरेको छ। साथै नयाँ गन्तव्यको खोजी गर्दै आएको छ। श्रम‚ रोजगार तथा सामाजिक सुरक्ष

सरकारले खाडीका देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गर्‍यो

काठमाण्डौ – सरकारले श्रम गन्तव्य देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरेको छ । बुधबार श्रम मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडीको देश साउदी, यूएईमा श्रम काउन्सेलर र बहराइन, कतारमा श्रम सहचारी नियुक्त गरेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत उपसचिव देवेन्द्र कार्कीलाई साउदी अरेबिया र वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेका दीन बन्धु सुवेदीलाई यूएईका लागि श्रम काउन्सेलर तोकिएको हो ।  यस्तै बहराइनका लागि श्रम मन्त्रालयका शाखा अधिकृत जमुना काफ्ले र कृष्ण पौडेललाई कतारका लागि श्रम सहचारी...

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...

श्रम गन्तव्य मुलुक राजदूतविहीन : श्रम सम्झौता र कूटनीतिक पहल ठप्प

काठमाडौं : नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशहरू राजदूतविहीन भएको ७ महिना पुग्यो। लामो समयदेखि २० देशमा राजदूत नियुक्त हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। फिर्ता बोलाएको ७ महिना पुग्दा पनि ती देशमा नयाँ राजदूत नियुक्त गर्न सकेको छैन। राजदूत नियुक्त नहुँदा कूटनीतिक पहल, श्रम सम्झौता, श्रमिकका समस्या समाधान गर्न कठिन भएको श्रम, रोजगार त

श्रम गन्तव्य मुलुकमा जान पालना गर्नुपर्ने यस्ता छन् मापदण्ड

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन )बाट संक्रमित हुनेको संख्या बढेसँगै नेपालीको श्रम गन्तव्य मुलुकले स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन्।कतिपय मुलुकले मास्क, भौतिक दूरी,क्वारेन्टाइनलाई अनिवार्य गरेका छन् भने कतिपय मुलुकले कोभिडविरुद्धको खोप (बुस्टर) डोजलाई प्राथमिकता दिएका छन्। नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुक कतार, यूएई, साउदी, कुवेत, दक्षिण कोरिया, इजरायल, ओमन र बहराइन हुन्। ओमिक्रोन भाइरसको संक्रमण फैलिएसँगै मुख्य रोजगारदाता देशमा स्वास्थ्य मापदण्डमा

श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं, पुस २३। पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् । पछिल्लो […]

श्रम गन्तव्य देशमा कोरोनाको नयाँ सङ्क्रमित बढे, स्वास्थ्य सुरक्षामा कडाइ

काठमाण्डौ – पछिल्लो समय नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीको देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाे छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथामका लागि ती देशहरूले स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ भने अन्य देशबाट यात्रा गर्ने यात्रुलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडा पारेको छ । साउदी साउदी नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य हो । साउदीमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । केही हप्ता अघिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी सङ्क्रमण दर ह्वात्त...

यी देशमा खुल्यो हवाई उडान

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। ९ वटा देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो। टर्की, यूएई, कुवेत, ओमान, साउदी अरेबिया, मलेसिया, कोरिया, जापान र चीनसँगको हवाई उडानलाई खोल्ने निर्णय गरेको हो। यी देशहरु नेपालका प्रमुख श्रम गन्तव्य मुलुक हुन्। श्रम स्वीकृति लिएर बसेका धेरै नेपालीहरु हवाई उडान बन्द हुँदा रोकिएपछि सरकारले खोल्ने निर्णय गरेको हो।

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

काठमान्डाैं / श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी... The post श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी appeared first on Purbeli News.

श्रम गन्तव्य देशमा उडान बन्द हुँदा समस्यामा पर्ने श्रमिक बढ्दै

काठमाण्डौ – कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको एक महिना बित्दा गन्तव्य देशमा समस्यामा पर्ने श्रमिकहरूको सङ्ख्या पनि बढ्दै गएको छ । सुरुवाती दिनमा समस्यामा पर्नेहरूको सङ्ख्या न्यून रहे पनि उडान बन्द भएको समय लम्बिँदै जाँदै घर नफर्की नहुने नेपाली श्रमिकको सङ्ख्या पनि गन्तव्य देशमा बढ्दै गएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जनाकारी दिनुभयो ।  अन्तर्राष्ट्रिय उडान बन्द हुँदा निर्धारित समयमा स्वदेश फर्किन नपाएका झण्डै सय जनाले श्रम कल सेन्टरमार्फत आफ्नो समस्या राखेका छन् । धेरै...