नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।
बिहीवारदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका छन् ।
निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।