पदावधि थप नभएपछि उपरथी कार्की आजदेखि घरबिदामा

काठमाडौं : नेपाली सेनाका उपरथी अनन्त कार्की आजदेखि बिदामा बस्ने भएका छन्।प्रधान सेनापति प्रभुराम शर्माले पदावधि थपका लागि सिफारिस नगरेको भन्दै असन्तुष्टी जनाएका कार्की आजदेखि बिदामा बस्न लागेका हुन्। उनले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन्। कार्कीले उपरथीको तीन वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। सैनिक प्रवक्ता नारायण सिलवालले कार्की अवकाश पाउनुभन्दा १५ दिनअघि देखि विदा बस्न लागेको बताए।‘उहाँ १५ दिन बिदामा बस्दै हुनुहुन्छ’, सहायक रथी सिलवालले भने। प्रधान सेन